२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

काठमाडौं गैह्रीगाउँमा एकै परिवारका ४ जनाको सामूहिक हत्या आरोपितलाई प्रहरीले सार्वजनिक

Logo
प्रकाशित मंगलबार, आश्विन ०२, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । आइतबार बिहान पक्राउ परेका सिन्धुपाल्चोकको बाह्रबिसे-९ घर भई काठमाडौंको काँडाघारीमा बस्दै आएका २३ वर्षीय सञ्जय भण्डारीलाई प्रहरीले आइतबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बिहान काँडाघारी क्षेत्रबाट पक्राउ गरेको थियो। घटनास्थलको सीसीटीभी फुटेजका आधारमा प्रहरीले घटनामा उनको संलग्नता पुष्टि गरी पक्राउ गरेको हो।

घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकरीसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी घटना घटाउँदा लगाएको कपडाहरू नै लगाएको अवस्थामा पक्राउ परेका हुन्। उनको टी-शर्टमा रगतका दागहरू थिए।

प्रहरीका अनुसार उनी एक्लैले चार जनाको हत्या गरेको स्वीकार गरेका छन्। जन्मजात रूपमा बोल्न नसक्ने उनीसँग बयानका लागि प्रहरीले सांकेतिक भाषा विज्ञको सहयोग लिएको थियो। बयानमा उनले केही पहिले भएको एक सामान्य घटनाको रिसिइबी साँध्न यो घटना घटाएको बताएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार भण्डारीको निशानामा सःमिलमा बस्ने नवीन भनिने विशाल राई थिए। केही पहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको थियो। त्यस क्रममा राईले नै भण्डारीमाथि कुटपिट गरेका थिए। त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएको भण्डारीले बयानमा बताएका छन्।

भण्डारी काँडाघारीमा दिदी-भिनाजूसँग बस्थे। आउजाउ गर्ने क्रममा उनले विशाललाई सःमिलको घरटहरोमा ३-४ पटक राईलाई देखेका थिए। घटना भएको दिन पनि उनी राईलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे आक्रमण गर्ने भनेर काँडाघारीबाट आएका थिए।

बेलुकीको समयमा सःमिलमा आइपुगेका उनी पछाडिपिट्टको बन्द गेटबाट चढेर राईको कोठामा पुगेका थिए। उनी त्यहाँ प्रवेश गर्दा राई थिएनन्। केहीबेरमा आएका राईले किन आएको भनेर कुटपिट गरेपछि आफूले खुकुरीले टाउकोमा प्रहार गरेको भण्डरीले स्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।

त्यस क्रममा आफूलाई देखेपछि उनले अरूलाई पनि पालैपालो खुकुरी प्रहार गरेका हुन्। उनले सुरूमा शुभद्रा भुजेल, त्यसपछि पूर्णबहादुर भुजेल र अम्बिका भुजेललाई टाउकोमै खुकुरी प्रहार गरेका थिए।

घटनापछि उनी फेरि काँडाघारीस्थित दिदी-भिनाजूको कोठामा पुगेर सुतेका थिए। भोलिपल्ट शनिबार अरू दिनजस्तै नक्सालस्थित आफू पढेको स्कुलका साथीहरूलाई भेट्न गए।

आइतबार भने प्रहरीले खोजिरहेको हुन सक्छ भनेर सिन्धुपाल्चोक गएर लुक्ने सोचका साथ हिँडेका थिए। हुलिया मिलेपछि उनलाई नियन्त्रणमा लिएको र उनको साथबाट घटनामा प्रयोग भएको हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ।

यसअघि तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई शुक्रबार राति आफैं प्रहरी वृत्त बानेश्वर पुगेर घटनाबारे जानकारी दिएका थिए।

शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका उनको भने घटनामा संलग्नता नदेखिएको प्रहरी स्रोतको दाबी छ। उनीसहित केहीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछसमेत गरेको थियो।

शुक्रबार राति ११:५५ बजे गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको टहरामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो।

दोलखा घर भई सःमिलमा सुरक्षा गार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी घर भई मिलमा बस्दै आएका २५ वर्षीय नवीन राईको हत्या भएको थियो।

घटनाको अनुसन्धानका लागि प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]