०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

भारतका पत्रकार मार्ने फरार अन्डरवर्ल्ड डन छोटा राजनका सहयोगी नेपालमा पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन ०२, २०८०


ABC (क्राईमबिट)
कंचनपुर । नेपालमा लुकेर बसेका नैनिताल घर भएका भारतीय भगौडा गुण्डा नाइके ५० वर्षीय दीपक सिसोदिया पक्राउ परेका छन्। आज (सोमबार) कञ्चनपुरस्थित नेपाल-भारत सीमानाका वनबासाबाट दीपक समातिएका हुन्।

हत्या केसमा जेल सजाय भोगिरहेका अन्डरवर्ल्ड डन छोटा राजनका निकट सहयोगी दीपकलाई उत्तराखण्ड एसटीएफले पक्राउ गरेको हो। दीपक मुम्बईका प्रसिद्ध खोज पत्रकार जे. डेको हत्याका लागि हतियार सप्लाई गरेको आरोपमा आजीवन कारावास सजाय भोगिरहेका थिए।

मिड डेका वरिष्ठ पत्रकार ज्योतिर्मय जे. डेको मुम्बईको पवई क्षेत्रमा अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो। डेलाई नजिकैको हिरानन्दनी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भएको थियो। डेले त्यसबेला अन्डरवर्ल्डलाई केन्द्रमा राखेर समाचार लेख्थे।

पत्रकार ज्योतिर्मय जे. डे
उनै पत्रकारको हत्यामा संलग्न भएको ठहर भएपछि दीपकलाई मुम्बईको अमरावती जेलमा राखिएको थियो। त्यसपछि एक वर्ष अगाडि उनी जेलबाट ४५ दिने प्यारोलमा (असल आचरण भएका कैदीलाई दिइने वार्षिक बिदा) मा आफ्नो घर हल्दवानी आएका थिए। तर दीपक बिदा सकिएपछि जेल जानुको साटो उल्टै भागेका थिए। सजाय काट्न छोडेर नेपाल आएर लुकेका दीपकको प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।

दीपकलाई आज बिहानै हल्दवानी प्रहरीसहितको टोलीले बनबासाबाट पक्राउ गरेको हो। दीपक १२ वर्ष अगाडि मुम्बईमा पत्रकार जे. डेको हत्या गरेको अभियोगमा आजीवन काराबास काटिरहेका थिए भने गत जनवरीमा मुम्बईको अमरावती सेन्ट्रल जेलबाट प्यारोलमा हल्दवानी आएर नेपाल छिरेका थिए।

छोटा राजन गिरोहका इनामप्राप्त अपराधी दीपकलाई पक्राउ गर्न उत्तराखण्ड प्रहरीले विगत एक वर्षदेखि पहल गरिरहेको थियो तर दीपक सिसोदिया नेपालमा लुकेर बसेका थिए। त्यसपछि नेपाल लुकेको सूचना त्यहाँको प्रहरीले पाएर एसटीएफले हल्दवानी बसेर अनुसन्धान गरिरहेको थियो।

हिजो रातिमात्रै सो टोलीलाई दीपक बिहान सबेरै हल्दवानी आउन लागेको खबर पुगेको थियो। सोही सूचनाको आधारमा टोलीले नेपालबाट बनबासा पुगेपछि दीपकलाई बनबासा रेलवे स्टेशन नजिकै समातेको हो। अहिले उनलाई बनबासाबाट लगेर हल्दवानी प्रहरी चौकीमा भर्ना गरिएको बताइएको छ। अब उनलाई मुम्बई पठाइने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

error: Content is protected !!