२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

विदेशी मुद्रा २३ लाख ३८ हजारसहित भारतीय एकजना नागरिक पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन ०२, २०८०


ABC (क्राईमबिट)
मकवानपुर । इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका – १५ रातोमाटे सडक खण्डबाट २३ लाख ३८ हजार ५७१ रुपैयाँसहित भारतीय नागरिक रम्भु दासलाई नियन्त्रणमा लिएको हो ।

हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको गाडी जाँच गर्ने भारतको विहारस्थित पूर्वी चम्पारण पलङवा थानापसौना वडा नम्बर ९ का ४० वर्षीय रम्भु दासले लुकाई राखेको अवस्थामा निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले दासको साथबाट युरो ५० को दरका ८० थान, जापानी मुद्रा एक हजार दरका १३३ थान, साउदी रियल एक हजार दरका दुई थान, पाँच सय दरका १५ थान, दुई दरका पाँच थान, सय दरमा ५२ थान, पचास दरका सात थान, २० दरका पाँच थान, १० दरका १३ थान, पाँच दरका सात थान गरी ११६ थान विदेशी मुद्रा बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]