०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

टिकापुर घटना मुद्दा खेपिरहेका ३ जना कैदी बन्दी कैलाली कारागारबाट रिहा

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०

(ABC-Sanchar)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना रिहा भएका हुन् ।

रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए । उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए ।

त्यस्तै सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा हुने भएका छन् । उनलाई आजै पोखराबाट काठमाडौँ र काठमाडौँबाट धनगढी लगिने बताइएको छ ।

रिहा भएकाहरूको कारागारभित्रै अबिर जात्रासहित भव्य स्वागत गरिएको छ । नागरिक उन्मुक्तिका संरक्षण रेशमलाल चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ, संघीय सांसद गंगाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]