०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

चीनमा आँधीका कारण ५ जनाको मृत्यु ४ जना गम्भीर घाइते

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०


(ABC-Sanchar)
काठमाडौं । पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य चारजना गम्भीर घाइते भएका हुन्।

अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन्। सुकियान शहरको ड्याक्सिङ टाउनशिप र नानकाई टाउनशिपमा आँधी साँझ ५ बजेतिर भएको हो।

स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका छन भने एक हजार छ सय ४६ घरमा सामान्य क्षति भएको छ। अन्य एक सय ३७ घरमा भने पूर्ण क्षति भएको छ।

आँधीले ४२ हेक्टरमा लगाइएको बालीमा क्षति भएको छ। आँधीबाट चार सय पाँचजना विस्थापित भएका छन्। नहरको आपतकालीन व्यवस्थापन विभागले उनीहरूले सहायता सामग्री प्रदान गरेको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

error: Content is protected !!