०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

बिहीबारदेखि नेपालभरका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द

Logo
प्रकाशित बिहिबार, आश्विन ०४, २०८०


(ABC-Sanchar)
काठमाडौं । नेपाल शिक्षक महासङ्घको आह्वानमा देशभरका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द हुने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने भएको हो ।

महासङ्घको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् । शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो । आन्दोलनभर पूर्ण रूपमा विद्यालय बन्द रहने महासङ्घका महासचिव लक्ष्मी किशोर सुवेदीले बताए ।

आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाएर परिपूर्ति गर्ने महासङ्घले जनाएको छ ।

शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्याङ्कन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन् । संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था गरेको छ ।

आन्दोलनको पहिलो दिन बुधवार ७० हजारको हाराहारीमा शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका थिए । आज पनि बिहान १० बजे माइतीघरमा जम्मा भएर नयाँबानेश्वरसम्म नारा जुलुसहित विरोध जनाउने महासचिव सुवेदीले जानकारी दिए । पुन: माइतीघरमै फर्किएर विरोध सभा गर्ने तयारी रहेको उनले बताए । बिहीबार झन् शिक्षक सङ्ख्या बढ्ने उनको भनाइ छ ।

आफ्नो माग सम्बोधन हुने प्रत्याभूतिसहितको समिति बनाए मात्रै वार्तामा जाने महासङ्घले बताएको छ । नभए शिक्षामन्त्रीको तर्फबाट माग सम्बोधन नहुने महासचिव सुवेदीले बताए ।

‘आन्दोलन गर्ने हक खोस्न पाइँदैन’

शिक्षकका आन्दोलनका कारण विद्यार्थी मारमा पर्ने भएका कारण स्थानीय तहहरूले चासो दिन थालेका छन् । केही पालिकाले भने विद्यालय बन्द गरेर आन्दोलनमा गए शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी नै दिएका छन् । महासचिव सुवेदीले संविधानको धारा ३४ (३) पढेर मात्रै स्थानीय तहले प्रतिक्रिया दिनुपर्ने बताए ।

संविधानको धारा ३४ मा मौलिक हक अन्तर्गतको श्रमको हकको व्यवस्था छ । धारा ३४ (३)मा प्रत्येक श्रमिकलाई कानून बमोजिम ट्रेड युनियन खोल्ने त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुनेछ, भनिएको छ । यही प्रावधानअनुसार आफ्ना माग लिएर सङ्घर्षमा उत्रिएकाले स्थानीय सरकारले संविधानले दिएको हक खोस्न नपाउने महासङ्घको तर्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

error: Content is protected !!