०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

भिआईपीलाई दिइएको सुरक्षा सवारी चालक र भान्से १५ दिनभित्र फिर्ता गर्न निर्देशन

Logo
प्रकाशित बिहिबार, आश्विन ०४, २०८०


(ABC-Sanchar)
काठमाडौं । बिहीबार बसेको बैठकले भिभिआइपी र भिआइपीहरूलाई मापदण्ड विपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।

सभापति रामहरि खतिवडाले निर्देशन दिँदै भने, ‘नियम अनुसार भिभिआइपी र भिआइपीहरूलाई प्राप्त हुने सुविधा बाहेकका अन्यलाई मापदण्ड विपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरू कुल कति छन् रु र मापदण्ड विपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरू १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरियो ।’

समितिले विशिष्ट व्यक्तिहरुकामा मापदण्ड विपरीत रहेका सुरक्षाकर्मी, चालक र भान्सेलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि आग्रह गरेको छ । त्यसैगरी सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको भए सो पनि फिर्ता गर्न निर्देशन दिइएको छ ।

समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय गरेकामा कार्यान्वयन प्रभावकारी नभएको भन्दै सो निर्णय कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

error: Content is protected !!