०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

बाराको नेपाल भारत दशगजा क्षेत्रमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला

Logo
प्रकाशित मंगलबार, आश्विन ०९, २०८०

(ABC-Sanchar)
बारा । जिल्लामा नेपाल भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक जना पुरुष शव भेटिएको भएको छ ।

सोमबार बिहान जिल्लाको पचरौता नगरपालिका – १ को नेपाल – भारत सिमानास्थित दशगजा क्षेत्रबाट धारिलो हतियार प्रहारबाट हत्या गरेर फालिएको अवस्थामा स्थानीय ३३ वर्षीय अमरेश कुमार सिंहको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेका अनुसार मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारको प्रहारबाट लागेको चोटपटक देखिएको छ ।

मृतक सिंह पूर्व प्रहरी समेत हुन् । उनी सशस्त्र प्रहरी बल र नेपालको सशस्त्र प्रहरीमा पाँच वर्ष जवानका रूपमा कार्यरत थिए । केही महिना अगाडि मात्रै उनले जागिर छोडेको एसपी काफ्लेले जानकारी दिए ।

स्थानीयहरूका अनुसार जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए । यद्यपि केही समय अघि मात्रै उनले रक्सी पसल पनि बन्द गरे । उनी हाल गाउँमै खेतीपाती गर्दै आएका थिए ।

प्रहरीले उनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा समेत लिएको छ । ‘तिन जनाले मिलेर उनको हत्या गरेको बुझिएको छ । हामीले दुई जनालाई नियन्त्रणमा लिइसकेका छौँ । तेस्रो व्यक्तिको खोजी कार्य जारी छ,’ एसपी काफ्लेले भने, ‘के कारणले हत्या गरेको हो भन्ने अहिलेसम्म पनि खुल्न सकेको छैन ।’ पक्राउ पर्नेमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतो रहेको उनले जानकारी दिए ।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपाल तर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडा समेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

error: Content is protected !!