०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

चरेस लागुऔषध मोटरसाइकल सहित एकजना पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन ०९, २०८०

ABC (क्राईमबिट)

बारा । विशेष सूचनाको आधारमा जिल्ला पर्सा जिराभवानी गाउँपालिका वडा नं.१ गम्हरिया स्थित सडकखण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्ज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सुवर्णपुरबाट वीरगञ्जतर्फ आउदै गरेका ना.६१ प ९७०० नम्बरको निलो साईन मोटरसाईकललाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.४ विजयबस्ती बस्ने वर्ष ३४ को क्षेत्र बहादुर श्रेष्ठले मोटरसाईकलको पछाडी सिटमा एउटा सेतो बोराभित्र टेपले र्‍यापिङ गरी प्रति प्याकेट ५०० ग्रामका दरले ६४ प्याकेटमा जम्मा ३२ के.जी.लागु औषध चरेश फेला परेको हुँदा ना.६१ प ९७०० नम्बरको मोटर साईकल लागु औषध सहित निज क्षेत्र बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रव्क्ता एवम् सुचना अधिकारी कुमार बिक्रम थापा ले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

error: Content is protected !!