०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

५ अर्ब ३६ करोड ५२ लाख ११ हजार रुपैयाँको स्मार्टफोन नेपाल भित्रियो

Logo
प्रकाशित मंगलबार, आश्विन ०९, २०८०


(ABC-Sanchar)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो भन्सार विभागले सार्वजनिक गरेको भदौको तथ्यांक अनुसार ५ अर्ब ३६ करोड ५२ लाख ११ हजार रुपैयाँ बराबरको ३ लाख ६६ हजार ४८१ यूनिट फोन नेपाल आयात भएको छ।

स्मार्टफोनको आयातबाट सरकारले १ अर्ब ५ लाख ३६ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा स्मार्टफोनको आयात घटेको देखिन्छ। गत आवको भदौ मसान्तसम्म ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको ४ लाख ३८ हजार ९८५ यूनिट स्मार्टफोन आयात भएको थियो।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा ८१ करोड ५६ लाख ८५ हजार रुपैयाँ र ७२ हजार ५०४ यूनिटले स्मार्टफोनको आयात घटेको छ।

चालु आवको साउनमा २ अर्ब ८६ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको १ लाख ७९ हजार ९९७ यूनिट स्मार्टफोन आयात भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

error: Content is protected !!