२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कारबाहीमा परेका नेपाल प्रहरीका डिएसपी चर्तुभुज ओझालाई पुरस्कृत

Logo
प्रकाशित बुधबार, आश्विन १०, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । स्थानीय तहको निर्वाचन राम्रोसँग सम्पन्न गर्न नसकेको भन्दै कारबाहीको सूचीमा रहेका डिएसपी चर्तुभुज ओझालाई लैनचौर वृत्तमा सरुवा गरेर पुरस्कृत गरिएको छ । विपक्षीमाथि चरम दमन गरेको र बाजुराको बुढीगंगा नगरपालिकामा ज्यान जाने गरी सुरक्षा व्यवस्था कमजोर बनाएको भन्दै उनलाई कारबाही गरिएको थियो ।

निर्वाचन आयोगले पनि बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपेन्द्रराज पौडेल र डिएसपी ओझालाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, उनै ओझालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको दबाबमा लैनचौर पठाइएको स्रोतले जनाएको छ ।

उनी बाजुरामा रहेका बेला अखिलका केन्द्रीय सदस्य चेतन ऐडीको हत्या भएको थियो । तत्कालीन समयमा हत्यारा पनि फरार रहेका थिए । कोहीलाई युवासंघका नेताहरूले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । ‘कार्यक्षेत्रमा निकै कमजोर रहेका डिएसपी ओझालाई ठमेल जस्तो संवेदनशील क्षेत्रको सुरक्षामा खटाइएको छ’, स्रोतले भन्यो ‘उनकै कारण काठमाडौं परिसरका भूपेन्द्र खत्री र कुमोद ढुंगेल असफल हुने खतरा छ दृष्टि ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]