०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

नियम उलंघन गर्ने २ हेलिकप्टर कम्पनीलाई उडानमा रोक

Logo
प्रकाशित बिहिबार, आश्विन ११, २०८०


(ABC-Sanchar)
काठमाडौं । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गर्दै हेलिकप्टर उडाएपछि दुई कम्पनीका हेलिकप्टरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ ।

प्राधिकरणका अनुसार दुई कम्पनीका ‘एएस ३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको हो ।

प्राधिकरण स्रोतका अनुसार यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टर छन् ।

यी कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको हो ।

यी कम्पनीका पनि अन्य मोडलका हेलिकप्टरको उडानमा भने रोक लगाइएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

error: Content is protected !!