०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दोलखामा ३ किलो अवैध सुन पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन १४, २०८०

(ABC-Sanchar)
दोलखा । विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैधरुपमा ल्याएर लुकाएको थप ३ किलो सुन शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय सिंगटीले बरामद गरेको हो ।

अनुसन्धानका क्रममा बुधबार पक्राउ परेको केशर तामाङको कोठामा खानतलासी गर्दा थप ३ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । हालसम्म तस्करले ल्याएको ७ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार चीनको रोङजिया नाका ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । सुन तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ । फरार रहेकाहरूसँग तस्करी गरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खाजी कार्य गरिरहेको छ ।

आइतबारबाट चीनको रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ । रोङजिया नाकाबाट चीनको फलाक पुगिने भएकाले यही नाकाबाट अवैध सुन नेपालतर्फ भित्र्याएको प्रहरीले जनाएको छ ।

सुन तस्करीको आरोपमा अहिलेसम्म ५ जना एकै गाउँका पक्राउ परिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

error: Content is protected !!