०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

अनमोल केसी हाजिर जमानीमा रिहा

Logo
प्रकाशित सोमबार, आश्विन १५, २०८०


(ABC-Sanchar)
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रहरीका अनुसार अभिनेता केसीकाे जमानी उनका काका बसेका छन्। प्रहरीले खाेजेकाे बेला अनमाेललाई उपस्थित गराउने सर्तमा उनलाई रिहा गरिएकाे हाे।

अस्पतालले अनमाेललाई डिस्चार्ज नगरेकाले पनि रिहा गरिएकाे हाे।

जिल्ला अदालत, काठमाडौंले आइतबार अभिनेता केसीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियाे।

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको थियो। पक्राउ गरेको दिनबाट आइतवारसम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो।

अनमाेल आज पुनः अदालतमा उपस्थित हुँदैछन्।

‘रावायण’ फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेको भन्दै निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएको थियो।

साेही जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्।

प्रहरी हिरासतमै अस्वस्थ भएपछि अभिनेता अनमोल केसीलाई शुक्रबार राति नै चिरायु राष्ट्रिय अस्पतालमा भर्ना गरिएकाे थियाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

error: Content is protected !!