२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

विवादित टिकटक भिडियो पोस्ट गर्ने १ महिलालाई २ वर्ष जेल सजायको आदेश

Logo
प्रकाशित सोमबार, आश्विन १५, २०८०

(ABC-Sanchar)

काठमाडौं । इन्डोनेसियाको अदालतले एक महिलालाई सुँगुरको मासु खानुअघि इस्लामिक वाक्यांश भनेको उक्त भिडियोमा देखिन्छ ।

३३ वर्षीया लिना लुतफियावती नामकी ती महिलालाई धार्मिक सम्प्रदायविरुद्ध घृणा फैलाउने काम गरेकोमा अदालतले दोषी ठहर गरेको हो । उनलाई १६ हजार २ सय ४५ अमेरिकी डलर जरिवाना पनि गरिएको छ । यदि उनले जरिवाना नतिरेको खण्डमा उनको जेल अवधि थप ३ महिनासम्म लम्बिनसक्ने पनि बताइएको छ । मुस्लिम बाहुल्य इन्डोनेसियामा विवादास्पद ईश्वरनिन्दा कानुनको शृंखलाको यो पछिल्लो घटना हो ।

बीबीसीको समाचार अनुसार ती महिलाले बलिउड फिल्मको प्रभावका कारण आफ्नो भारतीय नाम ‘लिना मुखर्जी’ राखेकी छन् । साथै लीना मुस्लिमको रूपमा पनि चिनिन्छिन् । यद्यपि इस्लाम धर्म अनुसार सुँगुरको मासुको उपभोग सख्त निषेध गरिन्छ ।

टिकटकमा २० लाख फलोअर्स रहेकी लुतफियावती जीवनशैलीबारे भिडियो बनाउने प्रभावशाली महिलाको रुपमा चिनिन्छिन् । साथै भारतमा उनले व्यवसाय पनि सञ्चालन गर्दै आएकी छन् ।

गत मार्चमा उनले सुँगुरको छाला खाने क्रममा ‘बिस्मिल्लाह’ भनेपछि विवादतमा तानिएकी थिइन् । अरबी वाक्यांश ‘बिस्मिल्लाह’ को अर्थ ‘भगवानको नाममा’ हुन्छ । जतिबेला उनी इन्डोनेसियाको पर्यटकीय गन्तव्य बालीको यात्रा गरिरहेकी थिइन् । उनको त्यो भिडियो छोटो समयमै लाखौंले अवलोकन गर्नुका साथै व्यापक रुपमा आलोचना भएको थियो ।

लुतफियावतीलाई प्रहरीले जाति र धर्मविरुद्ध शत्रुतापूर्ण कार्य गरेको भन्दै घृणित सूचना फैलाएको आरोपमा गत मे महिनामा अभियोग लगाएको थियो । यससँगै अधिकारवादी समूहहरूले इन्डोनेसियाको ईश्वरनिन्दा कानुनको आलोचना गर्न थालेका छन् । धार्मिक अल्पसंख्यकमाथि उक्त कानुन बारम्बार दुरुपयोग गरिएको उनीहरूको भनाइ छ ।

२०१७ मा जकार्ताका पूर्वगभर्नर बासुकी जाहाजा पूर्नामालाई पनि इस्लामको अपमान गरेको अभियोगमा झण्डै २ वर्ष जेल सजाय सुनाइएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]