२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीको पेट्रोल पम्पमा करोडौंको घोटालामा असई दिलिप कार्की दोषी ठहर

Logo
प्रकाशित सोमबार, आश्विन १५, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी कल्याण कोषद्वारा सञ्चालित नक्सालस्थित पेट्रोल पम्पमा एक करोड रूपैयाँ बढी हिनामिना गरेको आरोप लागेका सहायक निरीक्षक (असई) दिलीप कार्की दोषी ठहर भएका छन्।

विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई सोमबार दोषी ठहर हुने फैसला सुनाएको हो। उनलाई सजाय भने निर्धारण हुन बाँकी छ।

पेट्रोल पम्पमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा असई कार्कीले एक करोड ३ लाख ९७ हजार रूपैयाँ हिनामिना गरेको आरोप लागेको थियो।

उनले फर्जी विवरण बनाएर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

असई कार्कीले उनी पम्पमा कार्यरत रहँदा केही व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्टि गरी हुँदै नभएको कारोबारका आधारमा असुली देखाएर रकम हिनामिना गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]