२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्जमा शान्ति र सद्भावको अपिल सहित सद्भाव र्‍यालीको आयोजना

Logo
प्रकाशित मंगलबार, आश्विन १६, २०८०

 

(ABC-Sanchar)

बाँके । नेपालगन्जको बिपी चोकबाट सुरु भएको र्‍यालीमा धर्मगुरुहरू, राजनीतिक दल, नागरिक समाज, पेसाकर्मी, राष्ट्रसेवक कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

धम्बोझी चोकमा आयोजित सद्भाव सभामा हिन्दु धर्मगुरु चन्द्रनाथ योगीले नेपालगन्जमा अहिले पनि शान्ति र सद्भाव रहेको भन्दै कोही पनि विचलित हुने गरी गलत क्रियाकलापमा सहभागी नहुन आग्रह गरे ।

उनले कोही पनि अराजक बन्न नहुने भन्दै सामाजिक सद्भावको पक्षमा एकजुट हुन आग्रह गरे ।

हिन्दु समुदायले उठाएका मागहरू कानुन अनुसार कार बाईँको प्रक्रियामा नगए आफू पनि आन्दोलनमा सहभागी हुने भन्दै कानुन अनुसार अघि बढ्न सुझाव दिए ।

मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरीले नेपालगन्जले देश विदेशमा शान्ति र सद्भावको सन्देश दिइएको भन्दै सम्पूर्ण नगरवासी सचेत भई एकजुट हुनुपर्ने बताए ।

शारीरिक अस्वस्थताका बावदुत पनि लाठी टेक्दै हिन्दु धर्मगुरु योगीको हात समाउँदै र्‍यालीमा मञ्जरीले भने, ‘ द्वन्द्व हामी कसैको हित हुँदैन, सद्भाव बलियो बनाउन सबै जना लागौँ । ’

नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा मङ्गलबार आयोजना गरिएको बन्द फिर्ता भएको जानकारी दिदैं कानुन अनुसार गलत गतिविधि गर्नेलाई कार बाईँको दायरामा ल्याउन माग गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कानुन उल्लङ्घन गर्ने जो काहीँ पनि तत्काल कार बाईँको दायरामा आउने बताए ।

सामाजिक सञ्जालमा धर्म, समुदाय विरुद्ध अभिव्यक्ति दिइएको भन्दै आइतबार नेपालगन्जमा एकाएक प्रदर्शन भएपछि त्यसको प्रतिक्रिया स्वरूप नेपालगन्जमा मङ्गलबार बन्दको आव्हान गरिएपछि सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णय अनुसार सद्भाव र्‍याली निकालिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]