२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङमा २० करोड लागतमा मल्टिप्लेक्स सिनेमा हल २६ गतेदेखि संचालन हुने

Logo
प्रकाशित शुक्रबार, आश्विन १९, २०८०

(ABC-Sanchar)
दाङ । घोराही उपमहानगरपालिका ८ सौंडिकुलामा दुई युवा विजय रावत र चेतन जंग रानाले मिलेर निर्माण गरेको ‘भिएफएक्स सिनेमाज’ नामक यो सिनेमा हल जिल्लाको पहिलो मल्टिप्लेक्स सिनेमा हल भएको दाबी लगानी कर्ताहरुको रहेको छ ।

यो नयाँ सिनेमा हल असोज २६ गते बिहानदेखि ब्यबसायिक रुपमा पर्दशन सुरु गर्ने भएको छ ।

पहिलो दिन नेपाली चलचित्र ‘परदेशी २’ प्रदर्शन गर्न थालिएको छ । दुई हलहरु रहेका कारण एकै सथा दुई सिनेमाहरु पर्दशन गर्न सकिने छ । दुई वटा स्क्रिनसहित चार सय १२ सिट क्षमताका सिटहरु छन् ।

यहाँ एउटा टिकेटको रेट साढे तीन सयदेखि साढे पाँच सयसम्म निर्धारण गरिएको छ ।
एउटा हलमा दुइ सय ४७ र अर्कौ हलमा एक सय ६५ सिटहरु रहेको र ती मध्य दुबै हलमा सुतेर हेर्न मिल्ने ३६ सिटहरु रहेका छन् । कोही दर्शकले सुतेर सिनेमा हेर्न चाहेमा त्यो सिटको प्रति ब्यक्ति साढे पाँच सय शूल्क तिर्नु पर्ने छ ।

अन्य सिटको साढे तीन सय शूल्क निर्धारण गरिएको छ ।
ऋब यहाँ थ्रिडीसहित सबै सिनेमा हेर्न पाइने भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं ८ सौंडिकुला स्थित घोराही बजारदेखि झन्डै ८ किलोमिटर पश्चिम र तुलसीपुरदेखि झन्डै १६ किलोमिटर पूर्वमा सिनेमाहल निर्माण गरिएको छ ।

कोरोना कालमै झन्डै तीन बर्ष पहिले नै सिनेमा हल निर्माणको काम उनीहरुले सुरु गरेका थिए ।

आठ कठ्ठा जग्गाको क्षेत्रफलमा सिनेमा हल निर्माण गरिएको र जग्गासहितको लागनी जोड्दा झन्डै २० करोड लगानी पुगेको हलका प्रबन्ध निर्देशक बिजय रावतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]