०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

हातहतियारसहित हिडेका १५ जनालाई बिराटनगरबाट प्रहरीले पक्राउ गर्‍यो

Logo
प्रकाशित आइतबार, आश्विन २१, २०८०


ABC (क्राईमबिट)
मोरङ । एउटै युवतीलाई अलग दुई युवकले मन पराएपछि उत्पन्न बिबादपछि वार कि पार गर्ने भन्दै बिभिन्न घरेलु हतियारसहित हिडेको समूह प्रहरीको नियन्त्रणमा परेको हो ।

मोरङ प्रहरीका अनुसार बिराटनगरको एक कलेजमा अध्ययनरत एक युवतीलाई दुई जनाले मन पराएका थिए । त्यसपछि दुईमध्ये कुनै एकजनाको हुने गरी छिनोफानो गर्न भन्दै ठाउँ नै तोकेर बेग्लाबेग्लै दुई समूह बिराटनगर पुगेका थिए । एक प्रेमीका र दुई प्रेमीबीचको त्रिकोणात्मक प्रेम सम्बन्ध अन्तिम रुप दिन ग्याङ फाईट गर्न हिडेका उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये ९ जनाको उमेर १८ वर्ष मुनि छ । प्रेमिकाको विषयमा यसअघि पनि दुई पक्षबीच विवाद भएको थियो । शुक्रबार फाइनल गर्ने भन्दै एउटा समूहले सुनसरीको बर्जुबाट युवाहरुको टोली बोलाएको थियो ।

अर्को समूह पनि विराटनगरमा तयारी अवस्थामा रहेर ग्याङ फाइट गर्ने तयारी भएको थाहा पाएपछि प्रहरीले उनीहरुलाई तत्काल नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार उनीहरुको साथबाट बाला, नक, खुडा, तरवार र लाठी बरामद गरिएको छ । सुरुमा केही पक्राउ परेका थिए । लगतै बाँकी १३ जनालाई पनि बिराटनगरको शनिमन्दिर चोक नजिकैबाट पक्राउ गरे हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!