२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो औँ बार्षिक साधारणसभा सम्पन्न

Logo
प्रकाशित आइतबार, आश्विन २१, २०८०


(ABC Sanchar)

नेपालगन्ज । भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नेपालगन्ज उप-महानगरपलिका वडा नम्बर २ बाँकेको दोस्रो औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । भरोसाका प्रमुख कार्यकारी अधिकृत रावलका अनुसार, ८६लाख ३  हजार ५ सय चुक्ता पूँजी रहेको भरोसाले आगामी बर्ष १ करोड २० लाख चुक्ता पूँजी पुर्याउने लक्ष्य अघि सारेको छ । ९ सय ४५ शेयर सदस्य रहेको संस्थाले यस आर्थिक बर्षको अन्त्यसम्म १ हजार ५ सय पुर्याउने योजना लिएको रावलले जानकारी दिए । संस्थाका उपाध्यक्ष टंक बहादुर विष्टको अध्यक्षतामा भएको भरोसा बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभामा राष्ट्रिय सहकारी बैंक नेपालगन्ज शाखाका प्रबन्धक प्रकाश थपलियाले सबैभन्दा नजिकिको र भरपर्दो आर्थिक कारोबारको संस्था नै सहकारी भएको बताए । भरोसाका सञ्चालक हिमाल गैरेले युवा पलायन रोक्न सहकारीले नयाँ र सिर्जनशील कारोबारीलाई लगानी प्रोत्साहन गर्ने बताए ।

सहकारीबारे भ्रम नै बढी प्रचारित भैरहेको भन्दै यसले गरेका सकारात्मक कुराहरू बाहिर आउन नसकेको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले तथ्यमा आधारित कुरामा मात्रै विश्वास गर्न आव्हान गरेका छन् । भरोसा बहुउद्देश्यीय सहकारी संस्थाले पहिलाको भन्दा अहिले धेरै प्रगति गरेको र जसले बाँके जिल्ला उकृष्ट सेवादारी संस्था भई अघि बढ्ने विश्वास ब्यक्त गरेका छन् । बाँकेमा केही पुराना सहकारीले आर्थिक अनियमितता गरेकाले त्यसलाई निमिटेन्न गरी भरोसाले सहकारीले उत्कृष्ट काम गरी हामी सवैको सेवादायी संस्था भएकाले सवै लाग्नमा पर्ने नेतृत्वदायि भूमिका खेल्नु पर्ने बताइन् । भरोसा सहकारीमा सवै आवद्ध भएर यसलाई प्रदेश नम्बर ५ कै उकृष्ट बनाउन लाग्नु पर्ने, जसले गर्दा संस्था मात्र नभएर जिल्लाको नाम समेत अगाडि आउने बताए ।

इन्दिरा बुढामगरले सञ्चालन गरेको कार्यक्रममा भरोसाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले प्रगति विवरण, योजना र कोषाध्यक्ष मिना कुमारी बोगटीले आगामी बर्षको बजेट प्रस्ताव गरिन् । लेखा सुपरिवेक्षण समितिका संयोजक समिर पौडेलले संस्थाको आन्तरिक सुशासनबारे प्रस्तुति गरेका थिए ।
बर्षभरी उत्कृष्ट काम गर्ने कर्मचारी मन बहादुर विकलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]