२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरीले स्रोत नखुलेको २ लाख १ हजार भारतीय रुपियाँ पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन २२, २०८०

 

ABC (क्राईमबिट)

महोत्तरी । नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख एक हजार भारतीय रुपियाँ बरामद गरेको छ । बरामद भएका भारतीय नोटमा पाँच सय दरका ३७० थान तथा दुई सय दरका ७० थान रहेको महोत्तरीको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वार्टरले जनाएको छ ।

जलेश्वरस्थित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द पोखरेल तथा बोर्डर आउट पोष्ट मटिहानीका सशस्त्र निरीक्षक भोलाकुमार श्रेष्ठको कमाण्डमा खटी गएको संयुक्त टोलीले मटिहानी–७ स्थित दश गजा क्षेत्रमा सुरक्षा चेकजाँच गर्ने क्रममा उक्त नोट बरामद भएको हो ।

सीमापारीको मधवापुर बजारबाट प्र २–०२–००१ प ९७५४ नंको मोटरसाइकल चढेर मटिहानीतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले दशगजा नजिक सशस्त्रले चेकजाँच गरेको देखेपछि मोटरसाइकल छाडी भारततर्फ भागेका थिए । सशस्त्र प्रहरीले शङ्का लागि मोटरसाइकल तलासी गर्दा कालो रङकाे ब्याग फेला परेको र त्यसभित्र जतनसाथ राखिएको अवस्थाममा उक्त नोट बरामद भएको जलसागरस्थित सशस्त्र हेडक्वार्टरका एसपी लेखनाथ खनालले बताउनुभयो ।

सशस्त्रले मोटरसाइकल नियन्त्रणमा लिएको छ भने बरामद नोट पथलैयास्थित राजस्व चुहावट एकाइ बुझाउने तयारी गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]