
(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उदेश्यले ट्राफिक सप्ताह २०८०” को साप्ताहिक कार्यक्रमको छैठौं दिन सोमबार २२ गते “आवश्यक रहेको स्थामा ट्राफिक सचेतनामुलक बोर्ड स्थापना गर्ने” कार्यक्रम अन्तरगत घोराही स्थित बिभिन्न यातायात व्यवसायीका पदाधिकारी तथा
प्रतिनिधीहरूको उपस्थितीमा नजिकिंदै गरेको चाडपर्वहरूमा सवारी साधनहरूमा क्षमता भन्दा बढी यात्रु राख्न नदिने, लामो दुरीमा संचालन हुने यात्रुबाहक सवारीहरूमा अनिवार्य २ जना चालक राख्ने व्यवस्था गर्ने, आरक्षण सितको कार्यन्वयन गर्ने तथा सवारीका चालकहरूलाई ट्राफिक संकेतहरूको पालना गर्न प्रोत्साहन गर्ने सम्बन्धी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले प्रशिक्षण प्रदान गर्नु भएको दाङ ट्राफिकले जानकारी दिएको छ ।