२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एआईजी ज्ञवालीद्वारा बाँकेको नेपालगन्ज जमुनाहमा यात्रु सहायता कक्षकाे शुभारम्भ

Logo
प्रकाशित मंगलबार, आश्विन २३, २०८०


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज चार्डपर्व नजिकिएसंगै बाँकेकाे जमुनाह नाकामा यात्रु सहायता कक्षकाे शुभारम्भ गरिएकाे छ जिल्ला प्रहरी कार्यालय बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय जमुनाहद्वारा यात्रु सहायताका लागि यात्रु सहायता कक्षकाे शुभारम्भ गरिएकाे छ ।

यात्रु सहायता कक्षकाे शुभारम्भ गदै प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी श्याम लाल ज्ञवालीले यात्रहरूकाे समस्या समाधान गर्न सहायता कक्षकाे शुभारम्भ गरिएकाे बताउनुभयाे ।

एआईजी ज्ञवलीले यात्रुहरूलाई ट्राफिक सम्वन्धी तथा अन्य पिरमर्का, गुनासाेहरू भए तत्काल ट्रफिक प्रहरीलाई सम्पर्क गर्ने व्यवस्था मिलाएकाे बताउनुभयाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गाेपिकृण सुवेदीले यात्राको क्रममा हुने समस्या समाधानकाे लागि बाँके ट्राफिक प्रहरीले जतिबेला पनि साथ दिने बताउनुभयाे ।

सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादर भन्दा बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको चेक गर्ने, काउन्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्‍याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी गरिरहेेकाे बताउनुभयाे ।

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बहादुर विसीले चार्ड पर्वका समयमा यात्रहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्न नहुने र यात्राको क्रममा चालक सह चालकलले पनि यात्रहरूलाई सहजरूपमा गन्तव्यामा पुर्‍याउनुपर्ने बताउनुभयाे ।

ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख मीन बहादुर विष्टले यात्रहरूलाई नाकामा हुने समस्या समाधानका लागि आफुहरू रात दिन नभनी काम गरीरहेकाे बताउनुभयाे । नाकामा यात्रुहरूलाई कुनै समस्या परे ईलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]