०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

रुपन्देहीमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालनमा

Logo
प्रकाशित बुधबार, आश्विन २४, २०८०

(ABC-Sanchar)

रुपन्देही । नगरपालिकाले शकरपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरूका लागि निःशुल्क अटो सञ्चालनमा ल्याएको हो ।

तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँण र उपमेयर जागेश्वदेवी चौधरीले महिला चालक इन्द्रकला श्रेष्ठलाई साँचो हस्तान्तरण गरेर निःशुल्क अटोरिक्साको शुभारम्भ गरेका छन् ।

भौतिक र मानवीय विकासमात्रै नभई नगरवासीलाई सेवा दिन निःशुल्क अटोरिक्सा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटर भित्र भएकाले सेवा लिन आउँदा धेरै दुःख भएकाले अटोरिक्सा सञ्चालन गरिएको नपाले जनाएको छ । नपाले निःशुल्क अटोरिक्साको चालकमा महिला छन् ।

तत्काललाई एउटा मात्रै अटोरिक्सा सञ्चालनमा ल्याइएको र पछि आवश्यकताअनुसार बढाउँदै लगिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!