०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

गाडीसहित ठूलो मात्रामा प्रतिबन्धित पटाकाहरु सशस्त्र प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन २४, २०८०

ABC (क्राईमबिट)
कपिलवस्तु । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १२ कुनवारेदेखि भुमही हरकट्टा जाने बाटोमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प परासीबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक केशवराज भट्टराईको कमान्डमा खटिएका टोलीले सोमबार राति चेकजाँचको क्रममा बा ०३ प्रदेश ००१ च ११३८ नम्बरको पिकअप गाडी सहित ठूलो मात्रामा विभिन्न किसिमका पटाका नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको हो ।

नेपालमा प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ पटाकाको मुल्य साढे नौ लाख रुपैयाँ रहेको छ भने नम्बर नखुलेको पिकअप गाडीको मुल्य १४ लाख रहेको छ । पिकअप गाडी चालक पाल्हिनन्दन गाउँपालिका वर्ष २० को सुनिल गुप्ता रहेका हुन ।

उक्त नियन्त्रणमा लिएको पिकअप गाडी महेशपुर भन्सार कार्यालय पठाइएको छ भने बारुदजन्य पटाका स्थानीय पत्रकार, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ प्रमुख र महेशपुर भन्सार प्रमुखको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!