०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

कञ्चनपुरमा लागुऔषध विरुद्धको महाअभियान सुरु

Logo
प्रकाशित शनिबार, आश्विन २७, २०८०

 

ABC (क्राईमबिट)
कंचनपुर । शुक्रबारदेखि बेलौरी नगरपालिकामा लागुऔषधविरुद्धको महाअभियान सुरु भएको हो।

भारतसँग सीमा जोडिएको बेलौरीमा पछिल्ला वर्षहरूमा लागुऔषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएपछि बेलौरी स्थानीय सरकारले लागुऔषधविरुद्धको अभियान सुरु गरेको छ। लागुऔषध विरुद्धको महाअभियान उद्घाटन कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले समाजमा विकराल रुपमा देखिएको लागुऔषध नियन्त्रणका लागि अभियान थालिएको बताए।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले लागुऔषध नियन्त्रणका लागि स्थानीयस्तरमा बेलौरीजस्तै अन्य पालिकाहरूले समेत अभियान सञ्चालनमा जोड दिए।

सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुनमन्त्री शिवराज भट्टले लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकाले थालेको कामकारबाहीमा समेत सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा सुदूपश्चिम प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भारत बोहोराले पछिल्ला दिनमा सुदूरपश्चिममा लागुऔषध भयाभह अवस्थामा रहेको औँल्याए। उनले लागुऔषध नियन्त्रणका लागि प्रहरीले यस्तै पालिका सरकारसहितका सरोकारवालासँगको सहकार्यमा कार्यक्रम गरेर नियन्त्रण गरिरहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!