०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

नेपाल प्रहरीका आईजिपी बसन्तबहादुर कुँवर लण्डनबाट नेपाल फर्किए

Logo
प्रकाशित शनिबार, आश्विन २७, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर लण्डनबाट फर्किएका छन् । उनी श्रीमती लक्ष्मी र छोरा दिग्दर्शनसँगै कतार एअरवेजको उडानमार्फत काठमाडौं आईपुगेका हुन् । महानिरीक्षकसँगै डिआइजी बिष्णु केसी,वरिष्ठ उपरीक्षक दानबहादुर कार्की र शेखर खनालको पनि बिहान साढे ९ बजे स्वदेश फिर्ती भएको छ ।

दोश्रो वरियताका एआइजी टेकप्रसाद राई पनि अमेरिका भ्रमणमा रहेको हुँदा महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एआइजीहरु श्याम ज्ञवाली,सन्दिप भण्डारी,किरण बज्राचार्य,टेकबहादुर तामाङ्गले स्वागत गरेको बताइएको छ । कुँवर बेलायतमा आयोजित प्रहरी सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएर फर्किएका हुन् ।

आजै नेपालका लागि साउदी अरेबियाका राजदूत स्वदेश फर्किएका छन् । राजदूत साद नासेर ए।अबुहेमद मध्यान्ह साढे १२ बजे कतार एअरवेजको उडानमा दोहा हुँदै साउदी अरेबिया गएका हुन् । राजदूतसँगै श्रीमती सारा अब्दुल्लाजिज टी अलाजली,छोरा साद एन अबुहमिद,छोरीहरु अल्जोहारा साद एन अबुहैमद र लुल्वाह साद एन अबुहैमद पनि घर फर्केका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!