०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दुर्घटनामा परेका हेलिकप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि मुम्बई लगियो

Logo
प्रकाशित शनिबार, आश्विन २७, २०८०

(ABC-Sanchar)

काठमाडौं । शनिबार दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टर उनको उपचार भइरहेको ह्याम्स अस्पतालले शनिबार साँझ एक विज्ञप्ति जारी गरी पाइलट सेढाईंलाई थप उपचारका लागि शनिबार नै भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएको छ ।

उपचारमा संलग्न ह्याम्स अस्पतालका कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा. सविन कोइरालाले विज्ञप्तिमा भनेका छन्, ‘उहाँलाई उहाँको परिवार तथा एयरलाइन्ससँगको सरसल्लाहमा थप उपचारका लागि भारतको नेशनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भइरहेको छ ।’

मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर शनिबार विहान सोलुखुम्बुको लुक्लाबाट लोबुचेतर्फ जाने क्रममा दुर्घटनामा परेको थियो । हाइ अल्टिच्युडमा रहेका पर्यटक उद्धारका लागि गएको हेलिकप्टर दुर्घटनामा परेको थियो । हेलिकप्टरमा पाइलट सेढाईंमात्र सवार थिए ।


दुर्घटनापछि उनलाई उपचारका लागि हेलिकप्टरबाट ह्याम्स अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार उनको भेन्टिरलेटरमा राखेर उपचार भइरहेको छ ।

‘उहाँको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै उहाँको फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ । उहाँको शरीर र हातको उपचारको लागि अपरेसन कक्षमा डेब्रिडमेन्ट र इस्काराक्टोमी गरी उपचार भएको छ’, डा. कोइरालाले विज्ञप्तिमा भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!