२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रौतहटमा जङ्गली हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु २ जना घाइते

Logo
प्रकाशित आइतबार, कार्तिक ०५, २०८०

(ABC-Sanchar)

रौतहट । राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु उद्धार गर्न गएका अन्य २ जना प्रहरीलाई समेत चोटपटक लागेको छ।

चन्द्रपुर–५ स्थित राजपैडा घर भएकी ५५ वर्षीया मनीया धामीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले जानकारी दिए ।शनिबार साँझ घाँसपात लिन चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वनमा गएकी धामीको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको मिश्र भनाई छ ।

उनीसँगै घाँस लिन गएकी अन्य दुई जना राजपैडा घर भएकी ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीय पनाबती देवी घाइते भएकी छन्।

शनिबार साँझमा घटनाको खबर आए पनि हात्ती त्यसै ठाउँमा रहेकाले आज बिहान मात्र सेना प्रहरी बन कर्मचारी र स्थानीयको सहयोगमा मृतक महिलाको शव बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी एक नारायण कोइरालाले बताए। मृतकको शवको खोजी र घाइतेको उद्धार गर्ने क्रममा २ जना प्रहरी लाई समेत चोटपटक लागेको डिएसपी कोइरालाले जानकारी दिएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मृतकको शव पोस्टमार्टमको लागि जिल्ला प्रादेशिक अस्पताल गौरमा पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]