०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

मापसे गरेर दुर्घटना गरेको आरोपमा बलिउडका दिलिपलाई २ महिना जेल सजाय

Logo
प्रकाशित सोमबार, कार्तिक ०६, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । बलिउडका विभिन्न सुपरहिट फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका दिलिप ताहिललाई मादकपदार्थ सेवन गरी सवारी चलाएर दुर्घटना गरेको अभियोगमा दुई महिनाको जेल सजाय सुनाइएको छ।

मुम्बई अदालतले ६५ वर्षीय ताहिललाई पाँच वर्षअघिको एउटा घटनामा दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

सन् २०१८ मा दिलिप ताहिलको कार दुर्घटनामा परेको थियो। उनले चलाएको कारले मुम्बईमा एउटा अटोरिक्सालाई ठक्कर दिँदा एक महिला घाइते भएकी थिइन्।

घटनालगत्तै स्वास्थ्य परीक्षण गर्दा दिलिप ताहिलले मादक पदार्थ सेवन गरेर गाडी चलाएको पाइएको थियो।

पाँच वर्षदेखि सुनुवाइमा रहेको उक्त मुद्दामा अदालतले डाक्टरको स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा दिलिप ताहिललाई दोषी ठहर गरेको हो।

स्वास्थ्य परीक्षण रिपोर्टअनुसार दुर्घटना हुँदा ताहिल आफ्नो होसमा थिएनन्। उनको बोली लर्बरिएको थियो भने उनी खुट्टा पनि राम्ररी टेक्न नसक्ने अवस्थामा थिए।

दिलिप ताहिलले आमिर खानको डेब्यू फिल्म ‘कयामत से कयामत तक’ मा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका थिए भने शाहरूख खानको सुपरहिट ‘बाजीगार’ मा उनी खलनायकका रूपमा देखिएका थिए। उनले ‘कहो ना प्यार है’, ‘भाग मिल्खा माग’ लगायत थुप्रै फिल्ममा अभिनय गरेका छन्।

उनको पछिल्लो फिल्म ‘आइबी ७१’ यसै वर्ष रिलिज भएको थियो, जसमा उनले पाकिस्तानी नेता जुल्फीकर अली भुट्टोको भूमिका निर्वाह गरेका थिए। उनले गत वर्ष रिलिज ‘माइन्ड दि मल्होत्राज्’ मा पनि काम गरेका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!