०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दशै तिहार चाडपर्वको बेला शहर भन्दा गाउँघरहरुमा नै धेरै रमाइलो हुँदै

Logo
प्रकाशित सोमबार, कार्तिक ०६, २०८०

(ABC-Sanchar)
तनहुँ । व्यास नगरपालिका-३ निवासी डा. विनय शाह दसैँ मनाउन पुर्ख्यौली गाउँ गोरखा गाउँ फर्किए ।

फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन् ।

“ हामी प्रत्येक वर्षको फूलपातीमा दसैँ मनाउन गाउँ जान्छौ, गाउँमा नै दसैँ मनाउन रमाइलो छ,” उनले भने, “टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ ।” डा. शाहको परिवार दसैँ मनाउन गाउँ जान थालेको धेरै वर्ष बितिसकेको छ ।

अन्य ठाउँमा रहेका आफन्तहरू पनि दसैँ मनाउन गाउँ फर्किने गरेपछि गाउँ रमाइलो हुने गरेको उनको भनाइ छ ।

उनले भने, “दसैँका बेला सबै आफन्तहरू गाउँमा भेट हुन्छौ, यसले गर्दा रमाइलो वातावरण बनाउँछ ।”

दमौलीमा पत्रकारितामा सक्रिय मिलन तामाङ फूलपातीको दिन आफ्नो जन्मस्थान धादिङ नै गए ।

“दसैँ गाउँमा रमाइलो हुन्छ, दसैँ सकाएर पुनः काममा फर्किन्छु,” उनले भने ।

दसैँका कारण यति बेला दमौली बजार सुनसान बनेको छ ।

बजार क्षेत्रका मानिसहरू दसैँ मनाउन गाउँ फर्किएपछि बजार क्षेत्र सुनसान बनेको हो ।

दमौलीमा पसल सञ्चालन गर्दै आएका व्यापारी, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारण दसैँ मनाउन गाउँ हिँडेपछि यति बेला दमौली बजार सुनसान छ ।

अन्य समयमा यातायातको चाप रहने यहाँ दसैँको समयमा निकै कम मात्रामा मात्र सवारी साधन सञ्चालन भएको छ ।

यहाँका धेरैजसो पसलहरू बन्द भएका छन् ।

मुख्य व्यापारिक केन्द्रहरू दुलेगौंडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भीमाद लगायतका ठाउँलाई समेत दसैँले प्रभाव पारेको छ ।

सर्वसाधारण दसैँका लागि किनमेल गरेर दसैँ मनाउन व्यस्त छन् ।

शुक्रबारसम्म बजारका पसलहरूमा राम्रो व्यापार भए पनि शनिबार फूलपातीदेखि व्यापार घटेको व्यवसायी मोहन बरालीले बताए ।

उनले भने, “शुक्रबारसम्म बजारमा किनमेल गर्ने सर्वसाधारणको अत्याधिक घुइँचो थियो, शनिबारेदेखि व्यापार व्यवसाय घटेको छ ।”

जिल्लाका ग्रामीण भेगहरूमा भने दसैँको उल्लासमय वातावरण रहेको छ ।

विदेशमा रहेका र शहरमा रहेका सर्वसाधारण गाउँ छिरेपछि ग्रामीण भेगमा दसैँको छुट्टै उल्लास रहेको स्थानीयवासी बताउँछन् ।

अन्य समयमा आ-आफ्नो काममा व्यस्त रहने आफन्तहरूको भेटघाटले ग्रामीण भेगहरूमा छुट्टै रौनकता थप्ने भिमाद नगरपालिका-९ का शिवकुमार आलेले बताए ।

उनले भने, “वर्षौसम्म पनि भेटघाट नहुने आफन्तजन, साथीभाइ चाडपर्वको बेला गाउँमा भेट हुन्छन् ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!