२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मंगलबार नेपालगन्जको रामलिला मैदानमा बेलुका रावणको पुत्ला दहन वध गरिँदै

Logo
प्रकाशित मंगलबार, कार्तिक ०७, २०८०

(ABC-Sanchar)

बाँके । नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सव अन्तर्गत मङ्गलवार १० औ दिन अपरान्ह रावणको वध गरिंदैछ ।

रामलीला नाटक प्रदर्शनीमा मङ्गलवार अपरान्ह ४५ फिटको रावणको पुत्ला दहन गरिने रामलीला सञ्चालक समितिले जनाएको छ । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले रावण वधको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो ।

उहाँले यस वर्ष आयोजना गरिएको १५६ औं रामलीला महोत्सवमा मङ्गलवार कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने बताउनुभयो । रामलिला सञ्चालक समितिद्वारा आयोजित महोत्सवको मङ्गलबारको कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

साँझ रावणको वधपछि राति १० बजेदेखि रातभरि रामलीला मञ्चन गरिने आयोजक रामलीला सञ्चालक समितिका अध्यक्ष कानोडियाले बताउनुभयो । उहाँका अनुसार भारतको बृन्द्राबनबाट २५ जना कलाकारको समूहले विभिन्न सजावटका साथ रामलीला मञ्चन गरिरहेको छ ।

समितिका अनुसार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर बुधबार रामलीला सकिनेछ । रामलीला मैदानमा रावण बधका लागि लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकीमुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा सर्वसाधारण आउने गर्दछन् ।

दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न स्टलहरु राखिएका छन् । महोत्सवका सडकहरु झिलीमिली पारिएको छ भने शान्ति सुरक्षा व्यवस्थाको बाताबरण सुदृढ बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

डेढसय वर्षदेखि आयोजना हुँदैआएको रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, बाणासुर लीला, सीता स्वयम्बर, राम वनबास, दशरथ मरण, सीताहरण, लङ्कादहन र लक्ष्मण शक्ति बाणलगायत लीला प्रदर्शन गरिसकिएको समितिका सदस्य भरतकिशोर बैश्यले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]