०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

बाँकेमा भक्तजनलाई प्रसाद वितरण

Logo
प्रकाशित बिहिबार, कार्तिक ०९, २०८०

(ABC-Sanchar)
बाँके । नेपालगन्ज हुदैँ राप्ती पथमा पर्ने डुडुवा गाउँपालिका ४ स्थित साहपुर्वामा किभा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा चार हजारभन्दा बढीले प्रसाद ग्रहण गरेका छन् ।

फाउन्डेसनले संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात् भण्डाराबाट गरिएको हो । नेपालगन्ज २१ मा स्थापना भएको फाउन्डेसनले पहिलो पटक भण्डारा कार्यक्रम आयोजना गरेको जनाएको छ ।

बडा दसैंको घटस्थापनाको दशौ दिनसम्म दुर्गा मूर्तिको पूजाआराधना गर्ने र ११ औं दिनमा मूर्ति विसर्जन गर्ने धार्मिक परम्परा सदियौंदेखि चलिआएको छ । विसर्जनको अवसरमा बुधबार साहपुर्वा चोकमा भण्डाराको आयोजना गरिएको थियो ।

‘नारीः शक्ति समृद्धिको मार्गदर्शिका’ भन्ने मुलमन्त्रका साथ चालु आर्थिक वर्षको साउनदेखि सञ्चालनमा आएको यस फाउन्डेसनले बजार क्षेत्रभन्दा बाहिर सार्वजनिक रुपमा कार्यक्रम आयोजना गरेर अभियानको सुरुवात गरेको संस्थापक अध्यक्ष सङ्गीता पाठकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘संस्थाको उद्देश्यबारे धेरै विषयवस्तु फाउन्डेसनको नाराबाटै थाहा पाइन्छ । यस संस्थाले मुख्य रुपमा महिला र उनीहरुको जीवनस्तर उकास्न विभिन्न गतिविधि अभियानका रुपमा चाल्ने लक्ष्य लिएको छ ।’

यस्तै, संस्थाका महासचिव अजय पाठकले बजार क्षेत्रभन्दा बाहिर कार्यक्रम आयोजना गरेर अझै प्रभावकारी भएको बताउनुभयो । उहाँका अनुसार चार हजारभन्दा बढी व्यक्तिले प्रसाद ग्रहण गरेका छन् ।

यस्तै, फाउन्डेसनका कोषाध्यक्ष रामदिन मोदीले अहिले संस्थाको सुरुवात भए पनि आगामी दिनमा फाउन्डेसनमार्फत विभिन्न कार्यक्रम आयोजना गरिरहने साथै महिलाको हक हित र सशक्तिकरणका लागि अभियानका रुपमा अगाडि बढ्ने बतााउनुुभयो ।

हालै मात्र स्थापित फाउन्डेसनको सञ्चालक समिति अध्यक्षमा सङ्गीता पाठक, उपाध्यक्षमा शिवम गुप्ता, कोषाध्यक्षमा रामदिन मोदी, महासचिवमा अजय पाठक र सदस्यमा राजकुमार लोध रहनुभएको छ ।

फाउन्डेसनले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै माहिलाका लागि विशेष काम गर्ने, आर्थिक रुपमा कमजोर वा असहाय परिवारका बालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने, विवाहमा आर्थिक सहयोगका साथै अति विपन्न परिवारका बालिकाको सामाजिक, रीतिरिवाज तथा धार्मिक परम्पराअनुसार सामूहिक रुपमा विवाहको आयोजना गर्ने मुख्य उद्देश्य रहेको महासचिव पाठकले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!