२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

राजालाई गाली गरेर सत्ता टिकाउँछु भन्नु नेताहरुको सपना मात्र हो : राप्रपा अध्यक्ष लिङदेन

Logo
प्रकाशित बिहिबार, कार्तिक ०९, २०८०

 

(ABC-Sanchar)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रले जनतामा निराशा र क्रोध बढाएको दाबी गरेका छन् ।

प्रवासी नेपाली एकता समाज (पानस) अधिवेशनका लागि अमेरिका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जनताको एकमात्र आशा राजसंस्था भएको बताएका हुन् ।

टीकाको दिन शीतल निवास र निर्मल निवासको भिडको तुलना गर्दै उनले निर्मल निवासको लामले गणतन्त्रप्रतिको जनताको निराशाको वास्तविकतालाई देखाएको बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिमा भइरहेका टिप्पणीप्रति पत्रकारको जिज्ञासामा उनले भने, ‘२५० वर्षको इतिहास र गौरवशाली परम्परालाई राजमुकुट यहाँ छ, राजदण्ड यहाँ छ भनेर जिम्मा लगाएर दश नछोडी देशभित्रै बसेर देशको बिग्रँदो अवस्थाप्रति चिन्ता गर्ने राजालाई गाली गर्नुको सट्टा गणतन्त्रका संवाहक भन्ने दलहरूले राम्रो गरेर देखाउनुपर्‍यो । अब पनि राजालाई गाली गरेर सत्ता टिकाउन र जनतालाई मूर्ख बनाउन सकिन्छ भनेर नसोचे हुन्छ ।’

दसैँ तिहार छठ सकिएपछि केन्द्रीय समितिको बैठक सकिएपछि जनदबाबका थप कार्यक्रम सार्वजनिक गर्ने लिङदेनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]