०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

ढोग नगरेको भन्दै कुटपिटबाट मृत्यु कुटपिट गर्ने दुवै जना युवाहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक ०९, २०८०

 

ABC (क्राईमबिट)
सल्यान । ढोग दर्शन नगरेको भन्दै कुटपिट गर्ने दुई जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान बागचाैर नगरपालिका- ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली रहेका छन् ।

उनीहरूले ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरेका थिए । सल्यानका प्रहरी प्रमुख नवीन कार्कीका अनुसार मैदानमा सहभागी केशरले घनश्यामलाई ‘ए भाइ तेरो दाइलाई ढोग गर’ भनेका थिए ।

केशरले खुट्टामा नै ढोग गर्न लगाएपछि घनश्यामले ‘मैले किन तपाईँलाई ढोग्नु ढोग्दिनँ’ भन्ने जवाफ दिएका थिए ।

त्यसपछि केशर र घनश्यामबिच हात हालाहाल भएको थियो । त्यसपछि केशर र सन्तोष मिलेर घनश्यामलाई कुटपिट गरेका थिए । घनश्यामको टाउको र‌ शरीरको विभिन्न भागका मरणासन्न हुने गरी घाइते बनाएर त्यहीँ छोडेर भागेका थिए‌।

परिवारले घनश्यामको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैँको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्‍याएका थिए । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगञ्ज हुँदै भारतमा लगेका थिए ।

प्रहरी प्रमुख नवीन कार्कीले भने , ‘घाइते घनश्यामको भारतको नानपारामा बुधबार बिहान मृत्यु भएको हो ।’ घनश्यामका परिवारले प्रहरीमा दिएको जाहेरी अनुसार केशरलाई बुधबार बेलुका बागचौर नगरपालिका -९, माैरीघारे परिलेखका लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए ।

यस्तै सन्तोषलाई दाङको तुल्सीपुर उपमहानगरपालिका -१२, रझेनामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ।

दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी कशुर मुद्दामा पक्राउ पुर्जी लिई इलाका प्रहरी कार्यालय थारमारेकाे हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक कार्की बताउँछन्। उनका अनुसार घटना भएको दिन केशर र सन्तोषले मादक पदार्थ सेवन गरेको पनि‌ अनुसन्धानबाट खुलेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!