०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

सर्लाहीमा छोराले बुवाको हत्या गरे

Logo
प्रकाशित शुक्रबार, कार्तिक १०, २०८०

 

ABC (क्राईमबिट)
सर्लाही । हरिवन नगरपालिका ३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् ।

स्थानीय ३५ वर्षीय गोकर्ण मैनालीले घरायसी विवादमा कोदालो प्रहार गरी बुवा ८१ वर्षका ओमप्रसाद मैनालीको हत्या गरेका हुन् । बुधबार राति गोकर्णले कोदालो प्रहार गर्दा ओमप्रसाद गम्भीर घाइते हुनुभएको थियो ।

ओमप्रसादलाई बिहीबार बिहान घाइते अवस्थामा गाउँलेले देखेपछि उपचारका लागि नमूना अस्पताल हरिवन ल्याएका थिए । यहाँ उपचार सम्भव नभएपछि उहाँलाई पुरानो मेडिकल कलेज चितवन रेफर गरिएकोमा उपचारकै क्रममा बिहीबार राति १० बजेतिर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

बुवाको हत्यामा संलग्न गोकर्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हरिवन नगरपालिका –४, तीनघरे लच्का क्षेत्रमा हिँड्डुल गरिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक गिरीका अनुसार घटनाको सम्वन्धमा थप अनुसन्धान जारी छ । बुवाको हत्यामा संलग्न गोकर्ण ओमप्रसादका माइलो छोरा हुन् । भारतमा बसेर मजदुरी गर्ने गोकर्ण दसैँ मनाउन भनी घर आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!