०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

काठमाडौंमा डिउटीको बेला एक्कासि ढलेका वरिष्ठ हवल्दार कार्कीको निधन

Logo
प्रकाशित शनिबार, कार्तिक ११, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार नारायणबहादुर कार्कीको निधन भएको छ ।

शुक्रबार (हिजो) राति डिउटी गरिरहेकै बेला एक्कासि उनी ढलेका थिए । राति नै उपचारका निम्ति उनलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए ।

शनिबार कार्कीको अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

“जिल्ला प्रहरी परिसर, काठमाडौंको कार्यक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका उहाँ एक इमानदार, कर्तव्यनिष्ठ एंव कुशल प्रहरी कर्मचारी हुनुहुन्थ्यो,” परिसरको शोक विज्ञप्तिमा उल्लेख छ, “उहाँको असामयिक निधनबाट नेपाल प्रहरी संगठनलाई र जिल्ला प्रहरी परिसर, काठमाडौं परिवारलाई अपूरणीय क्षति पुगेको छ ।”

परिसरले कार्कीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!