०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

गुल्मीमा सम्बन्ध विच्छेदको मुद्दा धेरै २ वर्षमा ७१८ जनाको सम्बन्ध विच्छेद

Logo
प्रकाशित आइतबार, कार्तिक १२, २०८०

 

(ABC-Sanchar)
गुल्मी । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ३६९ जना र २०७९/०८० मा ३४९ जनाको सम्बन्ध विच्छेद भएको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाको रेसुङ्गा नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ३९ जना र २०७९/०८० मा ५२ जनाको सम्बन्ध विच्छेद भएको छ । मुसिकोट नगरपालिमा आर्थिक वर्ष २०७८/०७९ मा १२८ जना र २०७९/०८० मा ५१ जनाको सम्बन्ध विच्छेद भएको छ । काली गण्डकी गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ११ जना र २०७९/०८० मा ५३ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख छ ।

सत्यवती गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा २३ जना र २०७९/०८० मा २० जनाको सम्बन्ध विच्छेद भएको छ । चन्द्रकोट गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ११ जना र २०७९/०८० मा १५ जनाको सम्बन्ध विच्छेद भएको छ । रुरु क्षेत्र गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा २१ जना र २०७९/०८० मा २० जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख छ ।

छत्र कोट गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ६६ जना र २०७९/०८० मा ५२ जनाको सम्बन्ध विच्छेद भएको छ । गुल्मी दरबार गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा २७ जना र २०७९/०८० मा ३६ जनाको सम्बन्ध विच्छेद भएको छ । धुर्कोट गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा १० जना र २०७९/०८० मा १५ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

इस्मा गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा १६ जना र २०७९/०८० मा ३१ जनाको सम्बन्ध विच्छेद भएको छ । मालिका गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा १२ जना र २०७९/०८० मा २३ जनाको सम्बन्ध विच्छेद भएको छ । मदाने गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ५ जना र २०७९/०८० मा २१ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!