२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेकपा एमालेका नेताहरू सवार गाडी काभ्रेमा दुर्घटना १२ जना घाइते

Logo
प्रकाशित आइतबार, कार्तिक १२, २०८०

 

(ABC-Sanchar)
काभ्रे । बेथानचोक गाउँपालिका वडा नम्बर १ निगालेस्थित तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक का प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आइतबार दिउँसो २ बजे ब्रेक फेल भई गाडी दुर्घटनामा परेको हो।

गाडीमा १८ जना सवार थिए। तीमध्ये ११ जना घाइते भएका छन्। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर एमाले नेता नवीना लामा पनि घाइते भएकी छन्। उनको टाउको र बायाँ हातमा चोट लागेको छ। ब्रेक फेल भई गाडी सडकमै पल्टेको थियो।

दुर्घटनामा परेर स्याङ्जा पुतलीबजार ५ की ३६ वर्षीया सिर्जना नेपाली, उनका छोरा १३ वर्षीय सुवम् श्रेष्ठ, अर्का ५ वर्षीय छोरा सुरज श्रेष्ठ पनि घाइते छन्।

यस्तै काभ्रेको खानिखोला गाउँपालिका वडा नम्बर ५ की ४० वर्षीया रचना मगर, उनकी छोरी १६ वर्षीया इन्जिला सोडारी पनि घाइते छन्।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ की ३२ वर्षीया मीना श्रेष्ठ, सोही गाउँपालिकाका ३२ वर्षीय गोविन्द श्रेष्ठ, काभ्रे खानीखोला गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय दीपेन्द्र लामा, काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया भक्तकुमारी लामा पनि घाइते रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]