०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

सर्लाहीमा २ सय ५० किलो गाँजासहित दुई जना पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक १३, २०८०

 

ABC (क्राईमबिट)
सर्लाही । कविलासी नगरपालिका ९ भलुवाहाबाट दुई सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पाकर्मचारी सञ्चय कोषछार्का ताङसोङ गाउँपालिका, डोल्पा
कविलासी नगरपालिका–१० का २८ वर्षीय ट्र्याक्टर चालक भाग्यनारायण महतो र २४ वर्षीय रवीन्द्र रायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले जानकारी दिए ।

गए राति ज १ त ५५५१ नम्बरको ट्र्याक्टरमा गाँजा राखेर भारततर्फ लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय हरिपुरको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । बरामद भएको गाँजाको मूल्य ३० लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा सिन्धुली र सर्लाही उत्तरी गाउँबाट बिक्रीका लागि ल्याएको प्रहरीले अनुमान गरेको छ । तस्करहरूले गाँजा प्लास्टिकमा पोका पारेर बिक्रीका लागि तराईको बाटो हुँदै भारतीय बजारमा पठाउने गरेका छन् ।

गाँजा खरिद गर्न भारतीय व्यापारी किसानको बारीबारीमा पुग्ने गरेका स्थानीयको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!