०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

बारामा अज्ञात समूहद्वारा प्रधानाध्यापक माथि २ राउण्ड गोली प्रहार अवस्था चिन्ता जनक

Logo
प्रकाशित सोमबार, कार्तिक १३, २०८०

 

ABC (क्राईमबिट)
बारा । कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

उनको बोर्डिङ नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको छ ।

गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक छ ।

अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चालन गरेका छन् । घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!