२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बारामा अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक सर्राफको उपचारका क्रममा मृत्यु

Logo
प्रकाशित सोमबार, कार्तिक १३, २०८०

 

ABC (क्राईमबिट)
बारा । अज्ञात समूहको गोली प्रहारबाट घाइते बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाका रुपेश सर्राफको उपचारका क्रममा मृत्यु भएको छ ।

सोमबार दिउँसो मोटरसाइकलमा सवार अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका सर्राफको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल शाहका अनुसार सोमबार दिउँसो गोली लागि गम्भीर रूपले घाइते भएर उपचारका लागि वीरगञ्ज ल्याइएका सर्राफको उपचारका क्रम मृत्यु भएको छ । उनको टाउको, छाती र घाँटीमा गोली लागेको बुझिएको छ ।

३५ वर्षीय सर्राफ कलैयास्थित बाल एकता इङ्ग्लिस बोर्डिङ स्कूलका प्रधानाध्यापक (प्रिन्सिपल) हुन् ।

सोमबार दिउँसो करिब सवा १ बजेको समयमा आफ्नो स्कूलबाट कलैया बजार तर्फ जाँदै गर्दा सर्राफमाथी कलैया उपमहानगरपालिका – ६ स्थित मदर्शा टोलमा रहेको पन्ना देवी स्कूल अगाडि दुई वटा मोटरसाइकलमा सवार चार जनाको अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते सर्राफलाई सुरुमा कलैयास्थित प्रादेशिक अस्पतालमा लागिएको थियो । यद्यपि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा ल्याइएको थियो । यहाँ उपचारका क्रममा उनको मृत्यु भएको एसपी शाहले जानकारी दिए ।

घटनास्थलमा अहिले बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्ले पुगेका छन् । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]