२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

काठमाडौंमा सयौं थान मोटरसाइकलहरु बेवारिसे अवस्थामा कबाड हुँदै

Logo
प्रकाशित मंगलबार, कार्तिक १४, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । उपत्यकाभरि यस्ता हजारौं सवारी साधन अलपत्र अवस्थामा छन्। कतिमा घाँस उम्रिसकेका छन् भने कतिको काम लाग्ने पार्टपुर्जा चोरी समेत भइसकेको देख्न सकिन्छ।

काठमाडौंको बग्गीखानामा मात्रै दुई हजार एक सयभन्दा बढी सवारी साधन अलपत्र अवस्थामा छन्। राख्ने ठाउँ नहुँदा एकअर्कामाथि खप्टाएर राख्नुपर्ने अवस्था आएको छ।

मापसेमा होल्ड भएका, ब्लुबुक नभएका, दुर्घटना भएका जस्ता अनेकन चेकजाँचमा समातिएका यस्ता सवारी साधन सवारीधनीले लिन नआइदिँदा प्रहरी कार्यालयमा चाङ बढ्दै गएको हो।

धनी खोजेर फोन गरेर लिन बोलाउँदा पनि नआउने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी एवं प्रवक्ता राजेन्द्र प्रसाद भट्टले सेतोपाटीलाई बताए।

यस्तै, उचित नीति नियम नबनेको कारणले पनि धेरै समयसम्म थन्किएर बसेको यी सवारी साधन के गर्ने भन्नेमा अन्योल छ। राज्यले कानुन निर्माण गरेर लिलामीमार्फत् राजस्व संकलन गर्न सकिने एक प्रहरी अधिकारीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]