०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

तिहारमा रोटीहरुमा मिसाइने रङ्ग स्वास्थ्यको लागि घातक : डाक्टर

Logo
प्रकाशित बिहिबार, कार्तिक १६, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरुको चिन्ता छ । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ । तिहारका लागि झिनियाँ बनाउन यतिबेला घरेलु उद्यमीहरु निकै व्यस्त भएकाले रङ्ग प्रयोग नगर्न सरकोकारवालाले सचेत बनाएका छन् ।

रङ्ग नहाली झिनिया रोटी बनाउन र उपभोक्तालाई पनि रङ्ग नभएको झिनियाँ रोटी खरिद गर्न आग्रह गरिएको छ । तिहारमा मात्र होइन् पछिल्लो समय विवाह, व्रतबन्ध, पूजाआजा र कोसेलीको रुपमा पनि झिनियाँ अत्यधिक प्रयोग हुन थालेपनि रङ्ग मिसाएका झिनियाँ उत्पादन नगर्न प्रशासनले महिला उद्यमीलाई सचेत बनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

उनले झिनियाँ उत्पादन गर्ने उद्यमीलाई रङ्ग प्रयोग नगरी झिनियाँ उत्पादन गर्न आग्रह गरिएको बताउँदै उपभोक्ताले समेत तिहारमा सेता झिनिया मात्रै खरिद गर्नेगरी सचेत रहनुपर्ने बताए । रङ्गिन झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताए ।

चाडपर्वको समयमा नेपालीहरुले मिष्ठान्न परिकार बढी बनाउने र त्यसमा अत्याधिक रङ्ग प्रयोग गर्ने गरेकाले यसले जोखिम निम्त्याउने उनले बताए । ‘जिल्लामा उत्पादन हुँदै आएको झिनियाँ रोटीमा अत्यधिक रङगको प्रयोग भएको देखिन्छ, हामीले रङ्ग मिसाएको खाद्य वस्तुलाई अखाद्य भन्दै आएका छौँ’प्रमुख श्रेष्ठले भने, ‘रङ्ग राखेर बनाइएका र पछि तेलमा तारेर बनाइने खानेकुराले क्यान्सर निम्त्याउने पदार्थको विकास गर्छ, त्यसैले रङ्गिन झिनियाँको प्रयोग गर्न बन्द गर्नुपर्छ, उपभोक्तालाई समेत रङ्ग मिसाइएको झिनिया खरिद नगर्न हाम्रो आग्रह छ ।’

तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रङ्ग प्रयोग गर्न सकिने भए पनि तेलमा तारेको वस्तुमा रङ्ग मिसाउदा क्यान्सरको जोखिम बढाउने छ ।

एक केजी खाद्यपदार्थमा शुन्ना दशमलव दुईग्राम भन्दा बढी रङ्ग प्रयोग गर्न नमिल्ने कानुनी व्यवस्था रहेको उनले जानकारी दिए । उपभोक्तामा रङ्गिन झिनियाँका कारण क्यान्सर रोगको जोखिम हुन्छ भन्ने चेतना फैलाउन नसक्दा यस्को उत्पादन र बिक्री वितरण रोक्न नसकिएको प्रमुख श्रेष्ठको भनाइ थियो ।

उपभोक्ताले भने सेतो झिनियाँ खरिद गर्न नमान्ने भएकाले सामान्य रङ्ग मिसाएर झिनियाँ बनाउँदै आएको बागलुङ नगरपालिका–१ रामरेखाका झिनियाँ व्यवसायी शर्मिला श्रेष्ठले बताए । उनले खाद्यप्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले भने अनुसार रङ्ग प्रयोग गर्ने गरेको जानकारी दिए ।

रङ्ग प्रयोग गरिएको भन्दै स्थानीय घरेलु उत्पादनको रुपमा चलिरहेका झिनियाँ रोटीका उद्योगलाई बन्द गर्दा सयौँको रोजिरोटी गुम्ने भएकाले विस्तारै रङ्गको प्रयोग घटाउँदै लैजाने गरी उत्पादनकर्तालाई सचेत बनाउँदै लगिने बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *के हुँदैछ:* स्थानीय सडक कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले खजुरा रोडको क्षतिग्रस्त भाग हटाएर नयाँ ढलान र नाली व्यवस्थापन गर्ने योजना अघि बढाएका छन्। वर्षायाममा खाल्डाखुल्डी र जलजमावले सवारी आवागमनमा समस्या भएपछि यो काम सुरु गरिएको हो। *प्रभाव:* – काम चलिरहेको समयमा खजुरा–नेपालगन्ज आवतजावतमा केही अवरोध र डाइभर्सन हुनेछ। – साना सवारीका लागि वैकल्पिक बाटो […]

दाङ । घोराही बनाउँ अभियानले सार्वजनिक गरेको घुम्न जाउँ घोराही पोस्टर भाइरल भएको छ। सयौं व्यक्तिहरूले पोस्टर आफ्नो फेसबुक वालमा सेयर गर्नुका साथै सकारात्मक कमेन्ट समेत गरेका छन्। यो पोस्टर एआईको माध्यमबाट घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले बनाउनुभएको हो । यो पोस्टर विभिन्न सञ्चार माध्यमहरुले समेत समाचार बनाएर यतिबेला छापिरहेको छन्। पोस्टरमा धेरैका मुख्यमुख्य […]

दाङ । देउखुरी सिँचाइ दिवस २०८२ लुम्बिनी प्रदेश सभा परिसरमा प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । लुम्बिनी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा बुधबार बिहान सम्पन्न कार्यक्रममा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गरेका छन् । सिँचाइ व्यवस्थापन र कृषि उत्पादन बीचको सम्बन्धलाई विशेष प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् । […]

error: Content is protected !!