२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अदालतको फैसलाको सम्मान गर्दै रिगलले बाँके प्रहरी समक्ष आत्मसमर्पण गरे

Logo
प्रकाशित बिहिबार, कार्तिक १६, २०८०

ABC (क्राईमबिट)
बाँके । सर्वाेच्च अदालतले माफी दिने सरकारको निर्णय बदर गरेलगत्तै रिगल
योगराज ढकाल पक्राउ परेका छन् ।

बिहीबार सर्वाेच्च अदालतले उनको कैद माफी दिने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश दिएको थियो । उक्त निर्णय र आदेशलगत्तै उनी बाँकेबाट पक्राउ परेका हुन् ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कैद माफी पाएपछि गत ४ भदौमा रिहा भएका उनी अपरान्ह पुनः पक्राउ परेका हुन् ।

बाँके नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रिगल माफी पाएर रिहा भएपछि सरकारको चौतर्फी आलोचना भइरहेका बेला सर्वाेच्चले उनलाई माफी दिने सरकारको निर्णय बदर गरिदिएको हो ।

रिगललाई माफी दिने सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा बिहीबार सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गर्दै रिगललाई तत्काल पक्राउ गर्न परमादेश दिएको थियो।

अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]