२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

बर्दियामा वनमा घाँस काट्न गएकी एक महिला बाघको आक्रमणबाट मृत्यु

Logo
प्रकाशित शनिबार, कार्तिक १८, २०८०

 

ABC (क्राईमबिट)
बर्दिया । मधुवन नगरपालिका ५ शक्तिपुरस्थित चिरोटे सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलालाई बाघले आक्रमण गर्दा ज्यान गएको छ ।
मृत्यु हुनेमा मधुवन नगरपालिका ‐५, शक्तिपुर गाउँकी २८ बर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार शुक्रवार दिउँसो नजिकैको चिरौटे सामूदायिक वनमा बाख्रा चराउन गएका बेला डाँगीलाई बाघले आक्रमण गरेको थियो ।
मृतक डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको जनाएको छ ।
खाता जैविक मार्गमा विगत चार वर्ष यता १५ जनाको ज्यान गइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]