०९ जेठ २०८१, बुधबार
22-05-2024 , Wed
×

भन्सार छली ल्याइएका ८८ लाखकाे सामान बरामद

Logo
Abc Sanchar प्रकाशित बुधबार, बैशाख १९, २०८१

(सैलेस बम )

दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ ।

यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।सशस्त्र प्रहरी बल नंं ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका साथै भारतबाट लुकीछिपी ल्याइने सामग्री नियन्त्रणमा सक्रियता बढाएको बताए ।बितेका दुई महिनामा यहाँ भारतबाट अवैध रूपमा ल्याइएको रु २६ लाख ९७ हजार बराबरको किराना सामान, रु १६ लाख ५२ हजारको कपडा, रु १३ लाख ३८ हजारको हार्डवेयर सामग्री र रु २० लाख ६३ हजारको अन्य अवैध सामग्री बरामद गरी नियन्त्रणमा लिइएको हो ।

त्यसैगरी भारतबाट यहाँका विभिन्न नाकाबाट लुकिछिपी ल्याइएका माछा र कुखुरासमेत नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । फागुनयता सशस्त्र प्रहरीले चार सय किलोग्राम कुखुरा र एक सय ८७ किलोग्राम माछा बरामद गरी नष्ट गरिएको छ ।

‘माछा, कुखुरा र अन्य पेय पदार्थ गरी यहाँ रु १० लाख पचास हजार बढी मूल्यका सामान नष्ट गरियो’ चन्दले भने, ‘अन्य लागुऔषध कारोबारको जालो भत्काउने, सेवन तथा ढुवानीकर्तालाई पक्राउ गरी कारबाहीका लागि पठाउने काम पनि भइरहेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) पोखरा । मुस्ताङ तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो। राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत् जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ठेकेदार कम्पन्नीका रौताहका आयोजना व्यवस्थापक सञ्जय भट्टले एक्लेभट्टी क्षेत्रमा दुई […]

(ABC-Sanchar) काठमाडौं । स्थानीय अधिकारी र सञ्चारमाध्यमले मङ्गलबार बताएका छन् । प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले राज्यको राजधानीमा पत्रकारलाई भन्नुभयो, “मोटरसाइकलमा सवार दर्जनौँ बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा विनाशकारी आक्रमण गर्दा करिब ४० जनाको ज्यान गएको छ ।” बन्दुकधारीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन् । […]

(ABC-Sanchar) काठमाडौँ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा […]