०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

भूकम्पबारे गलत सूचना र सन्देश प्रवाह नगर्न प्रेस काउन्सिलको सञ्चारमाध्यम हरुलाई आग्रह

Logo
प्रकाशित आइतबार, कार्तिक १९, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । युट्युब लगायतका सामाजिक सञ्जाल र केही अनलाइन सञ्चार माध्यमबाट जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका बीभत्स दृश्य तथा तस्बिरसहित तथ्यगत पुष्टिबेगर सन्देश प्रवाह भएको पाइएपछि काउन्सिलले सो आग्रह गरेको हो ।

काउन्सिलका सह-प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्नेगरी, मृतक तथा घाइतेको बीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न, नगराउन भनिएको छ ।

‘मृतक एवम् घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भई गोपनीयताको सम्मान गर्न आम सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, युट्युबलगायतका सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ । शुक्रबार राति ११ः४७ बजे जाजरकोट रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्यागनिच्युडको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष उत्साह उच्च रहनेछ, तर हतारमा निर्णय नगर्नुहोस्। व्यापारमा नयाँ अवसर आउन सक्छ, सम्बन्धमा आत्मीयता बढ्नेछ। वृष परिवारमा सामञ्जस्य रहनेछ। आर्थिक लाभको योग छ, तर अनावश्यक खर्च पनि बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन सामाजिक कार्यमा सक्रिय भइनेछ। अध्ययन–अध्यापनमा मन जानेछ, तर मानसिक तनाव पनि हुनसक्छ। कर्कट आर्थिक क्षेत्रमा सुधार आउनेछ। घर–परिवारमा खुसी छाउनेछ। नयाँ […]

मेष -आज कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। पारिवारिक विषयमा स्नेह र आत्मियता अनुभव हुनेछ। यात्रामा सावधानी अपनाउनु राम्रो हुन्छ। व्यापारिक क्षेत्रमा लाभको संकेत छ, तर नयाँ लगानी सोचेर गर्नुहोस्। वृष-आर्थिक पक्ष बलियो बन्दै जानेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। घरमा धार्मिक वा सांस्कृतिक गतिविधि हुनसक्छ। यात्रामा शुभ फल प्राप्त हुनेछ। मिथुन काममा चुनौती आउन सक्छ, तर धैर्यले समाधान […]

मेष -आजको दिन तपाईंको लागि सकारात्मक रहनेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्, जसले तपाईंको आत्मविश्वास बढाउनेछ। वृष -आर्थिक मामिलामा सतर्क रहनुहोस्। अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले बजेटमा ध्यान दिनुहोस्। मिथुन-व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ। सहकर्मीहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ। कर्कट -स्वास्थ्यमा ध्यान दिनुहोस्। पुराना समस्याहरू पुनः देखा पर्न सक्छन्, नियमित व्यायाम गर्नुहोस्। सिंह -प्रेम सम्बन्धमा मधुरता […]

error: Content is protected !!