०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

पुर्व सशस्त्र प्रहरी संघ कपिलवस्तुको अध्यक्षमा निरंकारनाथ शुक्ला चयन

Logo
Abc Sanchar प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

 

ABC (क्राईमबिट)
कपिलवस्तु । पुर्व सशस्त्र प्रहरी कपिलवस्तुको प्रथम अधिवेशन तथा साधारण सँगै शुभदीपावली, छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । सो कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरिक्षक अवि कुमार खत्रीको प्रमुख अतिथ्यितामा कार्यक्रम सम्पन्न भएको हो ।

पुर्व सशस्त्र प्रहरी संघ लुम्बिनी प्रदेश संयोजक पुर्व सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गुणखर खनाल, पुर्व सशस्त्र प्रहरी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्व सशस्त्र प्रहरी उपरिक्षक विष्णु कार्की, पुर्व सशस्त्र प्रहरीका पुदेश सचिव बासुदेव भण्डारी, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक गिता प्रसाद चौधरी लगायतले कार्यक्रममा मनतव्य राख्नु भएको थियो ।

पुर्व सशस्त्र प्रहरी संघ जिल्ला कार्यसमिति कपिलवस्तुको अध्यक्षमा निरंकार नाथ शुक्ला चयन हुनु भएको छ । पुर्व सशस्त्र प्रहरी कपिलवस्तुको प्रथम अधिवेशन तथा साधारणले पुर्व सशस्श प्रहरी उपरिक्षक निरंकार नाथ शुक्लाको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ ।

उपाध्यक्षमा तिलक बहादुर पाण्डे, सचिवमा अर्जुन प्रसाद बेल्वासे, सहसचिवमा टोपलाल भुसाल, कोषाध्यक्ष यादव अधिकारी लगायत ६ जना सदस्यहरु रहनु भएको छ ।
कार्यक्रको सन्चालन जिल्ला सचिव अर्जुन प्रसाद बेल्वासेले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

error: Content is protected !!