०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

सशस्त्रका विवादास्पद एसपी नानीराम हुमागाईं बढुवा सिफारिसमा

Logo
Abc Sanchar प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

( एबिसि संचार )                                                      सशस्त्रका विवादास्पद एसपी नानीराम हुमागाईं बढुवा सिफारिसमा परेका छन् । इन्जिनिरिङतर्फको एसएसपीका लागि ई. नानीराम हुमागाईंको सिफारिस गरिएको हो । सो सिफारिसविरुद्ध चित्त नबुझे २१ गतेभित्र उजुरी दिन सकिनेसमेत सशस्त्रले जनाएको छ ।  दुई वर्षअघि महिनौंसम्म कर्मचारीलाई आउट छाडेको भन्दै सशस्त्र प्रहरी बल हातहतियार तथा यान्त्रिक कार्यशाला (आर्मोरर), बलम्बुका एसपी हुमागाईं छानबिनमा परेका थिए । सो कार्यशालामा रहेका जनशक्तिलाई बिदामा छाडेको र उनीहरुले खाइपाई आएको राशनभत्तामा एसपीले आँखा लगाएको मात्र होइन, असुल गरेको आरोप लागेपछि उनीमाथि छानबिन गरिएको थियो । त्यतिबेला हालका डिआइजी दीपेन्द्र शाहले उनीमाथि छानबिन गरी कारबाहीको सिफारिस गरेका थिए ।उनीमाथि सिपाहीलाई मनलाग्दी बिदा बस्न लगाएर तोकिएको जिम्मेवारी पूरा नगरी तलबभत्ता मात्र खुवाएको आरोप लागेको थियो । उनीमातहत ८० जना कार्यरत रहेका थिए । यसमध्ये एक चौथाईभन्दा कम कर्मचारीलाई मात्र कार्यालयमा राखी अरू सबैलाई बिदा छाड्ने गरेको उजुरी परेको थियो ।

सो उजुरीको विषयमा छानबिन गर्न सशस्त्र प्रहरीका एसएसपी दीपेन्द्र शाहको कमाण्डमा समिति बनाइएको थियो ।

८० जना कर्मचारीमध्ये २५ जनालाई नियमित काममा लगाई ५५ जनालाई बिदा छाडेर उनीहरूको रासनवापतको नगद हात पार्दा मासिक अतिरिक्त २ लाख भन्दा बढी रकम लिने गरेको उजुरीमा उनी दोषी देखिएको सशस्त्र प्रहरी स्रोतले जनाएको थियो ।

सशस्त्र प्रहरीमा जनशक्ति अभाव भइरहेको भन्दै तत्कालीन महानीरिक्षक शैलेन्द्र खनालले गृहमन्त्रालय र अर्थमन्त्रालयमा प्रस्ताव गरिरहँदा सशस्त्रकै केही कमाण्डरहरुले तोकेको स्थानमा डिउटी नखटाउने र भएकैलाई घर बिदा छाड्ने गरेका गुनासा आएपछि मुख्यालयले त्यस्ता स्थानमा छड्के जाँच गर्न थालेको थियो ।

अहिले सो यान्त्रिक कार्यशालामा शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा सशस्त्र प्रहरीले प्रयोग गर्ने ५४ वटा महँगा सवारी साधन पनि छन् । ती साधन दैनिक २ लिटर इन्धन राखी स्टार्ट गर्नुपर्छ । अरू ६ वटा ठूला सवारीसाधनलाई दिनहुँ ३ लिटर इन्धन राखी स्टार्ट गरेर तन्दुरुस्त राख्नुपर्ने हुन्छ । यस्तोमा पनि घोटाला हुने गरेको थियो ।

गाडी स्टार्ट गर्न नै दैनिक प्राप्त हुने १२६ लिटर इन्धन सदुपयोग भन्दा बढी दुरुपयोग हुने गरेको थियो । तीन दिनमा एकपटक गाडी स्टार्ट गर्दा मासिक २० दिनको इन्धन बचत हुन्छ । दैनिक १२६ लिटरका दरले २० दिनको २५२० लिटर इन्धन सित्तैमा लिने गरेका छन् ।

मुख्यालयले गाडीको मर्मतसम्भार शीर्षकमा वार्षिक ४२ लाख रुपैयाँ पठाउने गरेको थियो । तर, ०७४ सालदेखि खासै मर्मत गरिएको छैन । उनीमाथि छानबिन गरेका शाहले दोषी ठहर गरी विभागीय कारबाहीको सिफारिस गरेका थिए । उनै एसपी हुँमागाईलाई बढुवा सिफारिस गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

error: Content is protected !!